कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै १९ जनासँग ठगी
आइतबार, ३१ वैशाख २०८०, १६ : १६
काठमाडौँ । कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै १९ जनासँग लाखौँ रुपैयाँ ठगी भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा ४९ वर्षीय रुद्रबहादुर लिम्बुलाई पक्राउ गरेको हो ।
ताप्लेजुङ घर भई काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने लिम्बुले हरिबहादुर कार्कीसमेत १९ जनालाई कतार पठाएर त्यहाँको पुलिसमा जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएका थिए । मासिक १ लाख रुपैयाँ तलब हुन्छ, त्यहाँ जान प्रति व्यक्ति ७ लाख रुपैयाँ लाग्छ भन्दै लिम्बुले पीडितहरुबाट पटक–पटक गरी ६९ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
लिम्बुलाई कार्यालयको टोलीले गत वैशाख २९ गते धुम्बराहीबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण