आफन्तको घरमा लुकेका थिए टोपबहादुर

काठमाडौँ । आइतबार साँझ प्रहरी पुग्दा एमाले सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित पासिकोटमा रहेको आफन्तको घरमा लुकेर बसेका थिए । वैशाख ३० को साँझ मात्र उनी काठमाडौँ आएका हुन् ।
प्रहरी प्रधान कार्यालयको ‘विशेष ब्युरो’ले उनलाई निगरानी गरिरहेको थियो । आइतबार साँझ ब्युरोको टोली टोपबहादुर बसेको घरमा पुग्यो । एमालेका निलम्बित सचिव रायमाझीलाई ब्युरोले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
उनलाई अहिले प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए । शरणार्थी प्रकरणमा सोह्रखुट्टे वृत्तको थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई प्रहरी वृत्त दरबारमार्गमा अड्डासार गरिएको छ ।
पक्राउ गरेपछि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा रायमाझीको स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षण गर्ने बेला चिकित्सकसँग रायमाझीले भनेका थिए, ‘एक गिलास बियर लिएको छु ।’ उनलाई म्याद थपको लागि प्रहरीले दिउँसो अदालतमा उपस्थित गराउँदै छ ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु भनेर ठगेको आरोपमा रायमाझी पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार