जब गावस्करले आफ्नो टिसर्टमा धोनीको अटोग्राफ मागे

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार राति कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सबीच खेल थियो । उक्त खेलमा कोलकाताले चेन्नईलाई हरायो । खेलको नतिजालाई समर्थकहरुले आ-आफ्नै तरिकाले आत्मसात गर्लान् । त्यो स्वभाविक पनि हो । तर, त्यो खेल सकिएलगत्तै चेन्नई क्रिकेट रंगशालामा भएको एउटा घटनाले भने धेरै क्रिकेट समर्थकको मन छोएको छ । यतिबेला क्रिकेट समर्थकहरुमाझ त्यो चर्चाको विषय बनेको छ । त्यो घटनालाई लिएर समाजिक सञ्जालमा पनि समर्थकहरुले आफ्नो धारणा राखिरहेका छन् ।
वास्तवमा भएको के थियो त ? कोलकातासँग पराजित भएपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनी बाहिरिँदै थिए । त्यसैक्रममा धोनीको जम्काभेट भयो, आफ्नो समयका चर्चित क्रिकेटर सुनिल गावस्करसँग । गावस्कर र धोनी भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पनि हुन् । यी दुबै क्रिकेटरले फरक कालखण्डमा भारतीय क्रिकेट टोलीको नेतृत्व सम्हालेका थिए । तर, आइतबार राति धोनीलाई भेट्नासाथ गावस्करले उनको ‘अटोग्राफ’ मागे ।
गावस्करले छाती अगाडि बढाउँदै आफूले लगाइरहेको टिसर्टमा धोनीको ‘अटोग्राफ’ मागेका थिए । आफ्ना आदर्श खेलाडी गावस्करले ‘अटोग्राफ’ मागेपछि एकछिन धोनी अकमक्क परे । त्यसपछि गावस्करको आग्रह स्वीकार्दै धोनीले उनको टिसर्टमा आफ्नो ‘अटोग्राफ’ दिए । त्यो घटना तत्कालै सामाजिक सञ्जालमा भाइरल हुन पुग्यो । यतिबेला त्यो घटनालाई लिएर सामाजिक सञ्जालमा रमाइला प्रतिक्रिया आइरहेका छन् । ‘अविश्वसनीय क्षण, धोनीको खेल जीवनमा यो क्षण पनि आयो । सम्मान छ,’ एक समर्थकले ट्वीटरमा ट्वीट गरेका छन् ।
‘आजको उत्कृष्ट क्षण । एउटा महान खेलाडी अर्को महान खेलाडीलाई अटोग्राफ दिँदै,’ अर्का समर्थकले भनेका छन् । खेलपछि धोनीले टोलीको हौसला बढाएकोमा घरेलु समर्थकहरुलाई धन्यवाद पनि दिएका थिए । उनले दर्शकका लागि टेनिस बलहरु पनि फालेका थिए ।
ठिक त्यही समयमा गावस्कर र धोनीबीच भेट भएको थियो । गावस्कर अहिले आईपीएलका खेलहरुमा कमेन्टेटरको भूमिकामा देखा पर्छन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान - इजरायल युद्धमा सहभागी हुन खोज्दैछन् ट्रम्प
-
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु