लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेन : अध्यक्ष केसी
सोमबार, ०१ जेठ २०८०, १६ : १३
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताएका हुन् ।
उनले भने, ‘अहिले तपाईंहरुका जोश र उत्साहलाई जीवन पर्यन्त कायम गर्नुपर्छ । देशको आर्थिक अवस्था डामाडोल छ । राजनीतिक अस्थिरता छ, अहिले पनि लाखौँ विद्यार्थीहरू देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा विदेश गएका छन् । यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै सङ्कट उत्पन्न हुने देखिएको छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ । लोकतन्त्र विरोधी असाध्यै हौसिएका छन् । किन चाहियो भनेर भनिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण