शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन सकेन : अध्यक्ष केसी

सोमबार, ०१ जेठ २०८०, १६ : १३
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको सही सदुपयोग हुन नसकेको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले अहिले पनि जनताका गाँस, बासका समस्या, राष्ट्रियताका समस्याले देश ग्रस्त रहेको बताएका हुन् । 

उनले भने, ‘अहिले तपाईंहरुका जोश र उत्साहलाई जीवन पर्यन्त कायम गर्नुपर्छ । देशको आर्थिक अवस्था डामाडोल छ । राजनीतिक अस्थिरता छ, अहिले पनि लाखौँ विद्यार्थीहरू देशमा शिक्षा, स्वास्थ्य रोजगारी नहुँदा विदेश गएका छन् । यही अवस्था रहने हो भने मुलुकको अस्तित्वमाथि नै सङ्कट उत्पन्न हुने देखिएको छ । लोकतन्त्र, गणतन्त्र ल्याउनेबाट नै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ । लोकतन्त्र विरोधी असाध्यै हौसिएका छन् । किन चाहियो भनेर भनिरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप