अश्लील तस्बिरहरू पठाई महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौँ । महिलालाई अश्लील तस्बिरहरू पठाएर हैरानी दिने तथा चरित्रहत्या गरेको आरोप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय नन्दलाल शर्मा रहेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–३ घर भई हाल काठमाडौँको ठमेल बस्ने शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकी पीडित महिलासँग कुराकानीका क्रममा बैंकहरू मार्फत ऋण मिलाई दिन्छु भन्दै भेटघाट गरी विभिन्न प्रलोभन देखाएर नजिक भएका थिए । कुराकानीकै क्रममा शर्माले पीडितलाई मन पराउने र माया गर्ने भनेर विश्वासमा पारी सँगै बसेका तस्बिरहरू गोप्य रूपमा खिची भिडियोसमेत रेकर्ड गरेको साइबर ब्यूरोले जनाएको छ ।
पछि सोही तस्बिर तथा भिडियो देखाई पटक-पटक सम्पर्क गरी शर्माले बोलाउने गरेका थिए । यसरी बोलाएको स्थानमा पीडित महिला जान नमानेपछि उनले ह्वाट्स एपमार्फत पीडितको आफन्त तथा साथी भाइलाई अश्लील तस्बिरहरू पठाएका थिए ।
पीडित महिलाको उजुरीपछि शर्मालाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा जेठ १ गते पोखराबाट पक्राउ गरिएको थियो । उनलाई पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोका उप-निर्देशक पशुपति कुमार रायले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण