चट्याङ लागेर घाइते भएका ३ जनाको हवाई उद्धार
मङ्गलबार, ०२ जेठ २०८०, १२ : १८
धनगढी । दार्चुलामा चट्याङ लागेर घाइते भएका ३ जना जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
यार्सा सङ्कलन गर्न गएका उनीलाई ४ दिनपछि उद्धार गरिएको हो । मंगलबार उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।
व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीय श्रीमती मानमतीलाई नेपालगन्ज पठाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
शनिवार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए । मौसम खराबीका कारण उनीहरूको उद्धारमा ढिलाइ भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण