जितको जस लिनेले हारको नैतिक जिम्मेवारी पनि लिनुपर्छ: जनकराज पाठक
काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले नेतृत्वले जस-अपजस दुवैको जिम्मेवारी दिनुपर्ने बताएका छन् । पार्टीले उपनिर्वाचनमा कमजोर नतिजा ल्याउँदा नेतृत्व मौन बसेको उनको संकेत थियो । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘उपनिर्वाचनमा हामी करिब शून्यको स्थितिमा पुग्यौँ । जित्दाखेरी जितको जस लिनेले हारको पनि नैतिक जिम्मेवारी लिनुपर्छ । प्रचण्ड सरकारमा सहभागी भएबापत हामीलाई जनताले दण्डित गरेका हुन् ।’
उनले पार्टी सरकारमा हुँदा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय भए पनि नेतृत्व मौन बनेको भन्दै आक्रोश पोखे । यस्तै उनले पार्टीका मन्त्रीले सरकारमा हुँदा संघीयताविरुद्ध बोल्दा प्रधानमन्त्रीले कारबाही गर्ने चेतावनी दिँदासमेत अध्यक्षले कुनै प्रतिरोध नगरेर कमजोरी गरेको बताए । ‘पार्टी प्रचण्ड नेतृत्वको सरकारमा रहँदा हाम्रा एक मन्त्रीले संघीयताविरुद्ध बोल्दा प्रधानमन्त्रीले चेतावनीसहितको स्पष्टीकरण लिन खोज्दा समेत पार्टी अध्यक्षले किन प्रतिरोध नगरेको ?’, उनको प्रश्न थियो ।
उनले पार्टीका आयस्रोतका हिसाबकिताब पारदर्शी हुनुपर्ने र पार्टीको विधि विधान सबैले मान्नुपर्ने धारणा समेत बैठकमा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण