शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जितको जस लिनेले हारको नैतिक जिम्मेवारी पनि लिनुपर्छ: जनकराज पाठक

मङ्गलबार, ०२ जेठ २०८०, १५ : ५२
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले नेतृत्वले जस-अपजस दुवैको जिम्मेवारी दिनुपर्ने बताएका छन् । पार्टीले उपनिर्वाचनमा कमजोर नतिजा ल्याउँदा नेतृत्व मौन बसेको उनको संकेत थियो । मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भने, ‘उपनिर्वाचनमा हामी करिब शून्यको स्थितिमा पुग्यौँ । जित्दाखेरी जितको जस लिनेले हारको पनि नैतिक जिम्मेवारी लिनुपर्छ । प्रचण्ड सरकारमा सहभागी भएबापत हामीलाई जनताले दण्डित गरेका हुन् ।’

उनले पार्टी सरकारमा हुँदा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय भए पनि नेतृत्व मौन बनेको भन्दै आक्रोश पोखे । यस्तै उनले पार्टीका मन्त्रीले सरकारमा हुँदा संघीयताविरुद्ध बोल्दा प्रधानमन्त्रीले कारबाही गर्ने चेतावनी दिँदासमेत अध्यक्षले कुनै प्रतिरोध नगरेर कमजोरी गरेको बताए । ‘पार्टी प्रचण्ड नेतृत्वको सरकारमा रहँदा हाम्रा एक मन्त्रीले संघीयताविरुद्ध बोल्दा  प्रधानमन्त्रीले चेतावनीसहितको स्पष्टीकरण लिन खोज्दा समेत पार्टी अध्यक्षले किन प्रतिरोध नगरेको ?’, उनको प्रश्न थियो । 

उनले पार्टीका आयस्रोतका हिसाबकिताब पारदर्शी हुनुपर्ने र पार्टीको विधि विधान सबैले मान्नुपर्ने धारणा समेत बैठकमा राखे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप