आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस रूपान्तरण अभियान पक्षद्वारा प्रदेश भेला घोषणा

मङ्गलबार, ०२ जेठ २०८०, १७ : ३४
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका युवा नेताहरुले ‘रुपान्तरण अभियान’ घोषणा गरेका छन् । मंगलबार काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, सुवास पोखरेल लयायतले मंगलबार पत्रकार सम्मेलन गरी रुपान्तरण अभियानको घोषणा गरेका हुन् ।

अभियानले सात प्रदेश र डायसपोराको भेला तय गरेको छ । उनीहरुको अभियान जेठ ११ मा मधेस प्रदेश जनकपुरबाट सुरु हुने छ । यस्तै जेष्ठ १६ मा बागमती प्रदेशको काठमाडौं जेष्ठ २० मा गण्डकी प्रदेशको पोखरा र जेष्ठ २२ मा लुम्बिनी प्रदेशको दाङ प्रदेशस्तरीय भेला हुनेछ ।

जेष्ठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेष्ठ २६ मा सुदूरपश्चिम प्रदेशकोधनगढीमा र जेठमा २९ कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने केन्द्रीय सदस्य आचार्यले बताए । भेला र अन्तर्क्रियाबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम तय गरिने नेताहरूले बताएका छन्।

कांग्रेसमा समयअनुकूल नीति–नीतिअनुरूप रणनीति तय गर्न, संरचनागत सुधार गर्न, भ्रातृ संस्थाहरूलाई पुनर्जीवन दिन, क्षमताको परीक्षण र अवसको समानताका लागि दवाव दिन भेला गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

343587170_261289259782413_6138908688794585116_n345224961_1165435977484935_9031375767668149470_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप