कांग्रेस रूपान्तरण अभियान पक्षद्वारा प्रदेश भेला घोषणा
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका युवा नेताहरुले ‘रुपान्तरण अभियान’ घोषणा गरेका छन् । मंगलबार काठमाडौंको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गर्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, सुवास पोखरेल लयायतले मंगलबार पत्रकार सम्मेलन गरी रुपान्तरण अभियानको घोषणा गरेका हुन् ।
अभियानले सात प्रदेश र डायसपोराको भेला तय गरेको छ । उनीहरुको अभियान जेठ ११ मा मधेस प्रदेश जनकपुरबाट सुरु हुने छ । यस्तै जेष्ठ १६ मा बागमती प्रदेशको काठमाडौं जेष्ठ २० मा गण्डकी प्रदेशको पोखरा र जेष्ठ २२ मा लुम्बिनी प्रदेशको दाङ प्रदेशस्तरीय भेला हुनेछ ।
जेष्ठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेष्ठ २६ मा सुदूरपश्चिम प्रदेशकोधनगढीमा र जेठमा २९ कोशी प्रदेशको इटहरीमा प्रदेशस्तरीय भेला हुने केन्द्रीय सदस्य आचार्यले बताए । भेला र अन्तर्क्रियाबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम तय गरिने नेताहरूले बताएका छन्।
कांग्रेसमा समयअनुकूल नीति–नीतिअनुरूप रणनीति तय गर्न, संरचनागत सुधार गर्न, भ्रातृ संस्थाहरूलाई पुनर्जीवन दिन, क्षमताको परीक्षण र अवसको समानताका लागि दवाव दिन भेला गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण