सर्वोच्चको फैसलापछि नाउपाले भन्यो–न्याय खोज्न कहाँ जाऔँ ?
धनगढी । सर्वोच्च अदालतले टीकापुर घटना मुद्दामा रेशमलाल चौधरीको सजायलाई सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफूहरुमाथि ठूलो अन्याय भएको प्रतिक्रिया दिएको छ । न्याय पाउने आशा गरे पनि न्यायपालिकाको सर्वोच्च निकायबाट समेत अन्याय भएको प्रतिक्रिया दिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दमोदर पण्डितले भने, ‘सर्वोच्चबाट न्याय पाउनेमा हामी ढुक्क थियौं । अन्तिम आशा थियो । तर पाएनौँ । अबको एउटै आशा जनअदालत हो । संघर्ष हो । टिकापुर घटना के थियो ? कसरी भयो ? के को लागि भयो । थरुहट आन्दोलनको पृष्ठभूमि के थियो ? दुनियाँलाई थाहा छ । ठूलो अन्याय भयो ।’
त्यस्तै उनले पहिचानवादी शक्ति अब गर या मरको अवस्थामा पुगेको समेत बताएका छन् । उनले अगाडि थपे, ‘हिजो न्याय नपाए गोर्खा जानू भन्थे, त्यो हिजोको गोर्खा आज छैन । ए ! पहिचान वादी धर्ती पुत्र अब तिमी कहाँ जान्छौं ? कि गर, नत्र मर । तिम्रा निम्ति न्याय मरेको देश हो यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण