सर्वोच्चको फैसलापछि नाउपाले भन्यो–न्याय खोज्न कहाँ जाऔँ ?

धनगढी । सर्वोच्च अदालतले टीकापुर घटना मुद्दामा रेशमलाल चौधरीको सजायलाई सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफूहरुमाथि ठूलो अन्याय भएको प्रतिक्रिया दिएको छ । न्याय पाउने आशा गरे पनि न्यायपालिकाको सर्वोच्च निकायबाट समेत अन्याय भएको प्रतिक्रिया दिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय प्रवक्ता दमोदर पण्डितले भने, ‘सर्वोच्चबाट न्याय पाउनेमा हामी ढुक्क थियौं । अन्तिम आशा थियो । तर पाएनौँ । अबको एउटै आशा जनअदालत हो । संघर्ष हो । टिकापुर घटना के थियो ? कसरी भयो ? के को लागि भयो । थरुहट आन्दोलनको पृष्ठभूमि के थियो ? दुनियाँलाई थाहा छ । ठूलो अन्याय भयो ।’
त्यस्तै उनले पहिचानवादी शक्ति अब गर या मरको अवस्थामा पुगेको समेत बताएका छन् । उनले अगाडि थपे, ‘हिजो न्याय नपाए गोर्खा जानू भन्थे, त्यो हिजोको गोर्खा आज छैन । ए ! पहिचान वादी धर्ती पुत्र अब तिमी कहाँ जान्छौं ? कि गर, नत्र मर । तिम्रा निम्ति न्याय मरेको देश हो यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधिकालागी बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने