होटल फुटाएर बुद्धको मूर्ति र विदेशी मुद्रा चोर्ने एक जना पक्राउ
काठमाडौँ । होटल फुटाएर बुद्धका साना मूर्ति र विदेशी मुद्रा चोर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुलिखेल नगरपालिका ३ का २२ वर्षीय अमृत तामाङ रहेका हुन् ।
तामाङले यही जेठ १ गते काभ्रेको बनेपा नगरपालिका ६ स्थित हरिचन्द्र पोखरेलले संचालन गरेको हाई भ्यु रिसोर्ट होटलको झ्याल फुटाएर युरो र भियतनाको ५ हजार, भारतीय २० हजार, नेपाली ५० हजार, बुद्धका मूर्तिहरू, कम्प्युटर थान-२, आई प्याड थान-२ चोरी गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता ढुण्डीराज न्यौपानेका अनुसार तामाङले उक्त होटलबाट आधा दर्जन बुद्धका साना मूर्ति चोरेका छन् । चोरीको आरोपमा तामाङलाई मंगलबार पक्राउ गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।
चोरी गरिएको समानहरू बरामद गरिएको प्रहरीले जनाएको छ । तामाङमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण