कानुन, न्याय तथा मानव अधिकार समितिको आन्तरिक कार्यविधि पारित
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन,न्याय तथा मानवअधिकार समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिमा दफावार छलफल गर्ने कि त्यसबारेमा उपसमिति बनाएर अघि बढाउने भन्ने बारेमा छलफल भएको थियो ।
नेपाली कांग्रेसका सांसद एवं समिति सदस्य रामहरि खतिवडाले आजको बैठकमा आन्तरिक कार्यविधि पारित गर्ने काम भएको जानकारी दिए । उनले भने– ‘यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक समितिमा ल्याउनुको औचित्यमाथि प्रस्ट पार्नुभयो । यसलाई समितिमा दफावार छलफल गरेर अघि बढ्ने कि उपसमिति गठन गरेर टुङ्ग्याउने भन्नेबारेमा कुरा भए पनि निर्णय भएन । यसका लागि फेरी भोलिका लागि बैठक राखिएको छ ।’
यो विधेयकका साथै सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई समितिमा दफावार छलफल गरेर अघि बढाउने वा उपसमिति बनाउने भन्नेबारेमा निर्णय हुने खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण