‘यस वर्ष किसानले समयमै मल र बिउ पाउँछन्’
बिहीबार, ०४ जेठ २०८०, १३ : ५५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष किसानहरूलाई सरकारले समयमै मल र बिउ उपलब्ध गराउने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा सांसद अनितादेवीले किसानहरूले बर्सेनि मल र बीउ अभाव झेल्नुपरेको भन्दै यसबारे सरकारले के सोचिरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् ।
‘मल र बीउ अभाव हुन नदिन मैले कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छु र प्रक्रिया पनि अघि बढिसकेको छ’, प्रधानमन्त्रीको जवाफ छ । त्यस्तै प्रधानमन्त्रीले रासायनिक मल अभाव हुन नदिन मल कारखाना खोल्न अध्ययन भइरहेको भन्दै मल खरिद सम्झौता भइसकेको जानकारी दिए । उनले बजेटमा कृषि र उत्पादनमा उच्च प्राथमिकता दिने समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण