शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘यस वर्ष किसानले समयमै मल र बिउ पाउँछन्’

बिहीबार, ०४ जेठ २०८०, १३ : ५५
बिहीबार, ०४ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष किसानहरूलाई सरकारले समयमै मल र बिउ उपलब्ध गराउने बताएका छन् ।   बिहीबार प्रतिनिधिसभामा सांसद अनितादेवीले किसानहरूले बर्सेनि मल र बीउ अभाव झेल्नुपरेको भन्दै यसबारे सरकारले के सोचिरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । 

‘मल र बीउ अभाव हुन नदिन मैले कृषि मन्त्रालयलाई निर्देशन दिइसकेको छु र प्रक्रिया पनि अघि बढिसकेको छ’, प्रधानमन्त्रीको जवाफ छ । त्यस्तै प्रधानमन्त्रीले रासायनिक मल अभाव हुन नदिन मल कारखाना खोल्न अध्ययन भइरहेको भन्दै मल खरिद सम्झौता भइसकेको जानकारी दिए । उनले बजेटमा कृषि र उत्पादनमा उच्च प्राथमिकता दिने समेत जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप