यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज ठुलो गोलभेडा, भिण्डी र भेडे खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ५९ रुपैयाँ, भारतीय सानो गोलभेडा ४० रुपैयाँ, तराई गोलभेडा, तोरीको साग, स्कूस र तितो करेला ४५ रुपैयाँ, रातो आलु, लाम्चो फर्सी र रायोको साग ३५ रुपैयाँ, भारतीय रातो आलु २९ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, मुडेको रातो आलु ३६ रुपैयाँ ६७ पैसा, सेतो आलु २७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३४ रुपैयाँ ६७ पैसा, लोकल गाजर ७६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, ज्यापु काउली ७५ रुपैयाँ, तने बोडी ३० रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३५ रुपैयाँ, राजमा घिउ सिमी र भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, लौका र घिरौला ४६ रुपैयाँ ६७ पैसा, लोकल परवर ८५ रुपैयाँ रहेको छ ।
त्यसैगरी, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो, सजिवन, चुकुन्दर, रातो बन्दा, ग्याठ कोबी र गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८७ रुपैयाँ ५० पैसा रहेको छ । उता, पुदीना १८७ रुपैयाँ ५० पैसा, सौफको साग ११५ रुपैयाँ, पुदीना १८७ रुपैयाँ ५० पैसा, गुन्द्रुक २७५ रुपैयाँ फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा, कागती १९० रुपैयाँ, अनार २६५ रुपैयाँ, मालदह र दसहरी आँप २३५ रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, कालो अंगुर ३२५ रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, किवि र आभोकाडो ४५० रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण