शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’को लागि चलचित्र आह्वान

शुक्रबार, ०५ जेठ २०८०, १४ : १५
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । चलचित्र विकास बोर्डले आगामी असार १, २ र ३ गते दाङ जिल्लाको घोराहीमा आयोजना गर्न लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवका लागि चलचित्र आह्वान गरेको छ । बोर्डले एक सूचना जारी गर्दै बालबालिकासँग सम्बन्धित शिक्षामूलक तथा सन्देशमूलक चलचित्रहरूको प्रदर्शनी गरिने कार्यक्रमको लागि केहि शर्तहरुसहित चलचित्र मागेको हो ।

महोत्सवमा सहभागी हुन जेठ १५ गतेभित्र चलचित्रले विकास बोर्डमा निवेदन दिनुपर्ने बोर्ड प्रवक्ता के.एल. बुढाथोकीले बताए । उनले निवेदनका साथमा जाँच प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ जानकारी दिए ।

प्रतियोगीतामा वृत्तचित्र, कथानक वा लघु चलचित्रले सहभागिता जनाउन सक्नेछन् । छनोटमा परि प्रदर्शन भएका चलचित्रहरुलाई प्रोत्साहन स्वरुप बोर्डको निर्णयबाट केहि रकम समेत उपलब्ध हुने बताइएको छ ।

महोत्सवमा चलचित्रहरूको प्रदर्शनी सँगै चलचित्र ज्ञान सम्बन्धी हाजिरी जबाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवं फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ ।

महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ, जहाँ स्थानीय झाँकी र सांस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा विशिष्ट अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीको भनाई रहेको छ । 

बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकाहरूलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा संचालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनीहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुर्र्याउने उद्देश्यहरूका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना हुन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप