सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा ६ सदस्यी टोली टोली जेनेभा जाँदै

शुक्रबार, ०५ जेठ २०८०, १४ : ३९
शुक्रबार, ०५ जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत ६ सदस्य टोलीसहित जेनेभा जाँदैछन् । शुक्रबार स्विजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा भाग लिन अतिरिक्त स्वास्थ्य मन्त्री बस्नेत र सचिव डा. विकास देवकोटासहितको जान लागेको हो ।

जेनेभामा मे २१ देखि ३० सम्म एसेम्बली चल्ने छ । महासभाको मुख्य एजेन्डा संगठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने रहेको छ ।  

यस्तै, नेपालको स्वास्थ्य क्षेत्र सम्बन्धि काम गरिरहेका  मित्र राष्ट्रहरू दाताहरूलाई भेट्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवं सुधारका आयामहरूका बारेमा छलफल गरिने मन्त्रालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप