हिमाली क्षेत्रमा सिँचाइको योजना आएन : शाही
शुक्रबार, ०५ जेठ २०८०, २१ : १२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हिमाली क्षेत्रको सिँचाइसम्बन्धी कुनै योजना सरकारको नीति तथा कार्यक्रममा नआएको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि संसद भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै शाहीले हिमाली क्षेत्रको उत्पादन विश्वभर उत्कृष्ट मानिएपनि सिँचाइको कुरा नआएको बताएका हुन् ।
उनले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने नीति विगतमा समेत आएकाले यो कुनै नौलो विषय नभएको बताए । अब विदेशमा रहेका नेपालीले मतदान गर्ने अधिकार दिलाइनु पर्ने उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने