हिमाली क्षेत्रमा सिँचाइको योजना आएन : शाही
शुक्रबार, ०५ जेठ २०८०, २१ : १२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले हिमाली क्षेत्रको सिँचाइसम्बन्धी कुनै योजना सरकारको नीति तथा कार्यक्रममा नआएको टिप्पणी गरेका छन् ।
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएपछि संसद भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै शाहीले हिमाली क्षेत्रको उत्पादन विश्वभर उत्कृष्ट मानिएपनि सिँचाइको कुरा नआएको बताएका हुन् ।
उनले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने नीति विगतमा समेत आएकाले यो कुनै नौलो विषय नभएको बताए । अब विदेशमा रहेका नेपालीले मतदान गर्ने अधिकार दिलाइनु पर्ने उनको जोड थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण