कर्णाली नदीमा डुंगा पल्टियो, एक जना बेपत्ता
आइतबार, ०७ जेठ २०८०, १८ : २४
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको जिरागाडीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर डुंगा पल्टिएको हो ।
चालकसहित चार जना चढेको डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५चेपाङका अन्दाजी ३० वर्षीय उमेश विक रहेका छन् । जिरागाडी चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने कर्णाली नदी किनार हो ।
सोही डुंगामा पहिलो चरणमा नदी तरेका बराहताल– १० का वीर बहादुर सुनारका अनुसार चालकलाई २–२ जना गरेर तराउभन्दा पनि नमानेर चार जनालाई नै एकै पटक चार जनालाई चढाएका थिए ।
‘चालकसहित चार जनालाई पौडी खेलेर बच्न सफल भइसके,’ उनले भने,‘एक जना मात्रै बेपत्ता हुनुभयो ।’
घटना स्थलमा २ जना प्रहरी पुगेपनि कुनै पत्तो नलागेपछि उनीहरु फर्किसकेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण