मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली नदीमा  डुंगा पल्टियो, एक जना बेपत्ता

आइतबार, ०७ जेठ २०८०, १८ : २४
आइतबार, ०७ जेठ २०८०

सुर्खेत ।  पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको जिरागाडीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर डुंगा पल्टिएको हो । 

चालकसहित चार जना चढेको डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५चेपाङका अन्दाजी ३० वर्षीय उमेश विक रहेका छन् । जिरागाडी चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने कर्णाली नदी किनार हो । 

सोही डुंगामा पहिलो चरणमा नदी तरेका बराहताल– १० का वीर बहादुर सुनारका अनुसार चालकलाई २–२ जना गरेर तराउभन्दा पनि नमानेर चार जनालाई नै एकै पटक चार जनालाई चढाएका थिए । 

‘चालकसहित चार जनालाई पौडी खेलेर बच्न सफल भइसके,’ उनले भने,‘एक जना मात्रै बेपत्ता हुनुभयो ।’ 

घटना स्थलमा २ जना प्रहरी पुगेपनि कुनै पत्तो नलागेपछि उनीहरु फर्किसकेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप