राजधानीको डान्सबारबाट ३ जना भारतीय पर्यटक लुटिए, २ नेपाली पक्राउ
आइतबार, ०७ जेठ २०८०, १९ : ४५
काठमाडौँ । काठमाडौँको डान्सबारबाट तीन जना भारतीय पर्यटक लुटिएका छन् । जेठ ३ गते राति कोटेश्वरस्थित डान्सबारमा पुगेका भारतीय पर्यटकहरू जगदिश प्रसाद शर्मा, सन्तोष कुमार शर्मा र अञ्जनी पारिक लुटपाटमा परेका हुन् ।
उनीहरुई डर त्रास देखाई दुई नेपाली युवाले साथमा भएको नगद लुट्नुका साथै मोबाइल फोनबाट रकमसमेत ट्रान्सफर गराएर फरार भएका थिए । सो कार्यमा संलग्न पदम बहादुर शाही र रन भन्ने ओम प्रकाश ऐरीलाई प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटको तारकेश्वरका शाही र कैलालीको धनगढीका ऐरीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिंहदरबार दक्षिणगेट अगाडिबाट पक्राउ गरेको हो । उनीहरुलाई कारबाही प्रक्रिया अघि बढाउन प्रहरी वृत्त बानेश्वर पठाइएकोमा जिल्ला अदालतबाट ४ दिनको म्याद थप भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण