बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनीमा आज मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?

सोमबार, ०८ जेठ २०८०, ११ : २१
सोमबार, ०८ जेठ २०८०

बुटवल । सोमबार लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार  गर्ने तयारी भएको छ ।  मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक/एक जनालाई थपेर मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेका हुन् । यस्तै माओवादीबाट पनि एक जना मन्त्री थप्ने कसरत चलिरहेको छ । लुम्बिनी  सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री सन्तोष पाण्डेयले आज विस्तार गरेर साँझ ४ बजेसम्म  शपथ ग्रहण गराउने तयारी भएको रातोपाटीलाई जानकारी दिए  ।

उनले भने, ‘मन्त्रीमण्डल विस्तार गरेर  आजै  ३ : ४ बजेसम्म शपथग्रहण  गराउने योजनामा मुख्यमन्त्रीज्यु हुनुहुन्छ ।’  शपथग्रहण प्रदेश  प्रमुखको कार्यालय बुटवलमा हुने छ । स्रोतका अनुसार दाङका राजु खनाल, बाँकेका भण्डारीलाल अहिर र रुपन्देहीका चन्द्र केश गुप्ता मन्त्री बन्दैछन् ।  नेपाली कांग्रेसका खनाल दाङ क्षेत्र नम्बर २ (१) बाट, जसपाका अहिर बाँके क्षेत्र नम्बर २ (१) बाट र जनमत पार्टीका गुप्ता रुपन्देही ५ (२) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । गुप्ता यसअघि  सामाजिक विकास मन्त्री र  अहिरचाहिँ कृषि  मन्त्री बनेका थिए । खनालको भने नयाँ अनुभव  हुने छ । 

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री छन् । आज नयाँ मन्त्रीहरू पनि नियुक्त गर्ने र विना विभागीय मन्त्रीहरूको पनि जिम्मेवारी तोक्ने तयारी  रहेको मुख्यमन्त्री  कार्यालय स्रोतले जनाएको छ ।  यसअघि मुख्यमन्त्री चौधरीले गत वैशाख १४ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । यसैगरी  विश्वासको मत  १९ गते लिएका  थिए । लुम्बिनी प्रदेशमा अहिले चौधरीले लाई ८ दलका ५३  जना सांसदको समर्थन  रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप