ओलीलाई नेपालको व्यङ्ग्य : आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ
काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरेर आफ्नो पीडा र व्यथा मात्रै पोखेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीको नामै नलिई उनले आफ्नो पीडा र व्यथा पोखेर मात्रै केही नहुने बताएका हुन् ।
आइतबार ओलीले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम स्विकार गर्न नसकिने अडानसहितको धारणा राखेका थिए । सोमबार अध्यक्ष नेपालले ओलीको सो अभिव्यक्ति अरूलाई घोचपेज हुने गरी आएको भन्दै आलोचना गरे । उनले सरकारमा रहन नसक्नुको कारणबारे पनि अरूलाई दोष नदिन ओलीलाई सचेत गराए ।
अध्यक्ष नेपालले भने, ‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यकता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन । त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन, त्यसको पछाडि पनि अरूलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो ? त्यसको निम्ति अरूलाई सत्तोसराप गरेर पनि हुँदैन । त्यसो हुनाले सबभन्दा ठुलो समस्या के छ भने आफू भित्र के कमीकमजोरी रहेँ । त्यसको हामी सबैले समीक्षा गरौँ । कमीकमजोरी भएका छन् भने ती कमीकमजोरीको पहिचान गरौँ । त्यसलाई सुधार गरौँ । अहिले म समस्या देखिराखेको छु । हामी कहाँ सबभन्दा ठुलो समस्या यो व्यक्तिवादको रोग हो ।’
उनले थपे, ‘दोस्रो भनेको आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अनि, तेस्रो अरूलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरूको ज्ञान, अरूको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो । यसबाट मुक्त हुन सकिएन भने, यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लुम्म डुब्ने प्रवृत्तिबाट मुक्त भइएन भने, कुरा एउटा, काम अर्को । हाम्रो के छ भने ठूल्ठूला उपदेशहरू छाँट्ने प्रवृत्ति ज्यादा छ । तर व्यवहारमा लागू गर्ने प्रवृत्ति कम छ । साँचो अर्थमा हामीमा इमानदारिता छ भने कुनै पनि समस्याको समाधान गर्न सकिन्छ । म सभामुखजीमार्फत् प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु–तपाई इमानदारिताका साथ अगाडि बढ्नोस् । लगनशीलताका साथ अगाडि बढ्नोस् । र, यो भ्रष्टाचारको जालोलाई तोड्ने काम गर्नु होस । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस् । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस् । र, काममा इमानदारसाथ खट्नेहरु र काम ठगहरू अनि सत्ताको दुरुपयोग गर्न खोज्नेहरू को–को हुन्, त्यसको पहिचान गरेर खराब तत्त्वहरूलाई दण्डित गर्नुहोस् । असलहरूलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण