स्विजरल्याण्डको सपना देखाएर ठगी गर्ने पार्वती पक्राउ
काठमाडौँ । स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल बाँकेको कोहलपुर बस्ने पार्वती थापा रहेकी छन् ।
थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेको थियो । पार्वतीले स्जिरल्याण्ड जान सात लाख बीस हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि सुपरमार्केटमा प्याकिङको काम लगाइदिने भन्दै ठगी गरेको खुलेको छ ।
पीडितबाट पार्वतीले सात लाख बीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो ।
विभागको पत्राचारका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो ।
उनीउपर थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण