शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब राहुल गान्धी ट्रक चढेर चण्डीगण प्रस्थान गरे ...

मङ्गलबार, ०९ जेठ २०८०, ०९ : ५३
मङ्गलबार, ०९ जेठ २०८०

नयाँ दिल्ली । कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगण गएका छन् । उनले सो क्रममा ट्रक ड्राइभरसँग लामो कुराकानीसमेत गरेका थिए।

यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ । 

कर्नाटक विधानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्बिरहरू सार्वजनिक भएका हुन् । कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद् भवनको उद्घाटन प्रति आपत्ति जनाएका छन् ।

उनले सो संसद् भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नु पर्ने माग राख्दै आएका छन् । हालै सो संसद् भवनको निमार्ण कार्य पूरा भएको थियो । सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद् भवनको उद्घाटन गर्ने जनाइएको छ । 

लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद् भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप