जब राहुल गान्धी ट्रक चढेर चण्डीगण प्रस्थान गरे ...
नयाँ दिल्ली । कांग्रेस आईका नेता राहुल गान्धी ट्रकमा चढेर दिल्लीबाट चण्डीगण गएका छन् । उनले सो क्रममा ट्रक ड्राइभरसँग लामो कुराकानीसमेत गरेका थिए।
यसै क्रममा उनले ट्रक ड्राइभरको मुद्दा र समस्याका बारेमा जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । अहिले उनले ट्रक यात्रा गरेको भिडियो भाइरल भएको छ ।
कर्नाटक विधानसभा निर्वाचनको जीत पछि उनी ट्रकको यात्रामा निस्केको तस्बिरहरू सार्वजनिक भएका हुन् । कर्नाटक निर्वाचन पछि उनले प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनिएको संसद् भवनको उद्घाटन प्रति आपत्ति जनाएका छन् ।
उनले सो संसद् भवनको उद्घाटन राष्ट्रपतिको हातबाट गर्नु पर्ने माग राख्दै आएका छन् । हालै सो संसद् भवनको निमार्ण कार्य पूरा भएको थियो । सावरकर जयन्तीको अवसरमा २८ मेमा सो नयाँ संसद् भवनको उद्घाटन गर्ने जनाइएको छ ।
लोकसभाका सभामुख ओम बिरलाले २८ मेमा मोदीले सो संसद् भवन उद्घाटन गर्ने जानकारी यसअघि नै गराइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण