खैरो हेरोइनसहित कोटेश्वरबाट एकजना पक्राउ
मङ्गलबार, ०९ जेठ २०८०, १२ : २१
काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट खैरो हेरोइन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका–१० घर भएका ३९ वर्षीय दिनेश लोवा छन् ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले आरोपीको साथबाट १० ग्राम ५ सय मिलिग्राम लागुऔषध (खैरो हेरोइन) बरामद गरेको छ । आरोपीको साथमा डिजिटल तराजु पनि भेटिएको छ ।
आरोपीबारे ब्युरोले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण