बजेटमा विभेद गरिए रोष्टम घेर्ने राप्रपाको चेतावनी
मकवानपुर । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले सरकारले बजेटमा विभेद गरे रोष्टम घेर्ने चेतावनी दिएका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेता थापाले बजेटमा आफ्ना विषयहरु नसमेटेको खण्डमा रोष्टम घेर्ने र बजेट पास गर्न नदिने चेतावनी दिएका हुन् ।
‘सरकारले बजेटमा सबैलाई समेटोस् । हामीले पनि जनतासँग केही कुरा भनेर आएका छौं । त्यसलाई सरकारले बुझेर बजेटमा समेटोस्,’ उनले भने, ‘बजेटमा बेवास्ता गरे रोष्टम घेर्न हामीले पनि जानेका छौं । यो बजेट कसरी पास हुन्छ । त्यो पनि हेर्छौ ।’
प्रदेश सरकारले मन्त्रालय बढाएर के गर्न खोजेको भन्दै प्रश्न उठिरहेको उनको भनाई छ । ‘हामीले तत्कालीन १४ मन्त्रालय घटाएर ११ बनायौं । अहिले फेरि मन्त्री बढाएर मन्त्रालय फुटाउने तयारी भइरहेको छ । मन्त्रालय बढाएर कहाँ जान खोजको हो ? यसले संघीयतालाई के गर्छ ? त्यो आफै बुझ्नु होला,’ उनले भने ।
जनता र राज्यलाई प्रदेश सरकारले के दिने भन्ने विषयमा सोच्नुपर्ने उनको भनाई छ । उनले २०४६ साल पछिका नेता र उच्च पदस्त कर्मचारीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने समेत बताए ।
पञ्चायतकालीन नेता पनि २०४६ मा समेटिने उनले बताए । उनले उक्त कार्यको सुरुवात आफैबाट गर्न समेत आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण