पुलिस र खुमलटारलाई अंक

काठमाडौँ । अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारलाई पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध अंक खोसेको छ ।
हिजाजीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार सम्पन्न खेलको २८ औं मिनेटमा जो एइडोको बललाई सदुपयोग गर्दै गोल गर्दा पुलिसले थ्री स्टारविरुद्ध रोमाञ्चक जित निकालेको हो । जितसँगै पुलिस २० खेलमा २५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौं स्थानमा यथावत् छ । यससँगै प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको थ्री स्टार पछिल्ला नौ खेलमा जितविहीन रहेको छ । यससँगै पुलिसले थ्री स्टारसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा थ्रि स्टार १–० ले विजयी भएको थियो ।
लिग अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा सातदोबाटोमाथि खुमलटारको जित निकाल्दा विदेशी खेलाडी मोसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एफसी खुमलटारले सातदोबाटो युथ क्लबमाथि १–० जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा मंगलवार सम्पन्न खेलको ३७ औं मिनेटमा ओलोमोउले गोल गरेका थिए । राजिव लोप्चको क्रसलाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि प्रतिष्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोलका लागि निकै प्रयास गरेपनि जित्न असफल भएको थियो ।
जितसँगै २० खेलमा २१ अंक जोडेको खुमलटार १४ औं स्थानमा छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ । खुमलटारले पछिल्लो पटक १५ औं चरणमा जावलाखेल युथ क्लावलाई ४–२ ले पराजित गरेको थियो । त्यसयताका चार खेलमा खुमलटारले तीन हार र एक बराबरीको नतिजा निकालेको छ । खुमलटारले सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन