पुलिस र खुमलटारलाई अंक
काठमाडौँ । अहमद हिजाजीले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रेलिगेसनबाट बच्न संघर्षरत विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टारलाई पराजित गर्दा अर्को खेलमा खुमलटार युथ क्लबले सातदोबाटो युथ क्लबविरुद्ध अंक खोसेको छ ।
हिजाजीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार सम्पन्न खेलको २८ औं मिनेटमा जो एइडोको बललाई सदुपयोग गर्दै गोल गर्दा पुलिसले थ्री स्टारविरुद्ध रोमाञ्चक जित निकालेको हो । जितसँगै पुलिस २० खेलमा २५ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ ।
लगातार दोस्रो खेल हारेको थ्री स्टार भने २६ अंक जोड्दै छैटौं स्थानमा यथावत् छ । यससँगै प्रशिक्षक मेघराज केसीको नेतृत्वमा रहेको थ्री स्टार पछिल्ला नौ खेलमा जितविहीन रहेको छ । यससँगै पुलिसले थ्री स्टारसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा थ्रि स्टार १–० ले विजयी भएको थियो ।
लिग अन्तर्गत मंगलबार नै भएको अर्को खेलमा सातदोबाटोमाथि खुमलटारको जित निकाल्दा विदेशी खेलाडी मोसुके ओलोमोउले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एफसी खुमलटारले सातदोबाटो युथ क्लबमाथि १–० जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंशालामा मंगलवार सम्पन्न खेलको ३७ औं मिनेटमा ओलोमोउले गोल गरेका थिए । राजिव लोप्चको क्रसलाई उनले गोलमा परिणत गरेका थिए । त्यसपछि प्रतिष्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोलका लागि निकै प्रयास गरेपनि जित्न असफल भएको थियो ।
जितसँगै २० खेलमा २१ अंक जोडेको खुमलटार १४ औं स्थानमा छ । पराजय व्यहोरेको सातदोबाटो समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा छ । खुमलटारले पछिल्लो पटक १५ औं चरणमा जावलाखेल युथ क्लावलाई ४–२ ले पराजित गरेको थियो । त्यसयताका चार खेलमा खुमलटारले तीन हार र एक बराबरीको नतिजा निकालेको छ । खुमलटारले सातदोबाटोसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो भेटमा सातदोबाटो २–१ ले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण