रोनाल्डोको गोलमा अल–नासरको पुनरागमन
बुधबार, १० जेठ २०८०, ०९ : ३९
साउदी अरब । क्रिस्टियानो रोनाल्डोको लामो दुरीमा उत्कृष्ट गोल गरेपछि २–० गोलले पछि परेको स्थिति उल्टाउँदै अल–नासरले अल–सहबाबलाई पराजित गरेको छ । जीतसँगै टोलीले साउदी प्रो लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ ।
पहिलो हाफमा क्रिस्टियन गुआन्काले दुई गोल गरेपछि अल–नासर आफ्नै घरेलु मैदानमा पछि परेको थियो । पहिलो हाफको अन्त्यमा टालिस्काले अल–नासरका लागि एक गोल फर्काएका थिए । दोस्रो हाफको सुरुवातमा नै अब्दुल रहमान घारिबले खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै खेलमा पुनरागमन पुरा गरे ।
अल–नासर शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा ३ अङ्कले पछि रहेको छ । अब लिग उपाधि जित्नका लागि अल–इतिहासदले अङ्क गुमाउनुपर्ने हुन्छ । तर, यो हप्ताको मध्यमा अल फिहालाई पराजित गरे टोलीले उपाधि जित्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण