शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको गोलमा अल–नासरको पुनरागमन

बुधबार, १० जेठ २०८०, ०९ : ३९
बुधबार, १० जेठ २०८०

साउदी अरब । क्रिस्टियानो रोनाल्डोको लामो दुरीमा उत्कृष्ट गोल गरेपछि २–० गोलले पछि परेको स्थिति उल्टाउँदै अल–नासरले अल–सहबाबलाई पराजित गरेको छ । जीतसँगै टोलीले साउदी प्रो लिगको उपाधि होडमा आफूलाई कायम राखेको छ ।

पहिलो हाफमा क्रिस्टियन गुआन्काले दुई गोल गरेपछि अल–नासर आफ्नै घरेलु मैदानमा पछि परेको थियो । पहिलो हाफको अन्त्यमा टालिस्काले अल–नासरका लागि एक गोल फर्काएका थिए । दोस्रो हाफको सुरुवातमा नै अब्दुल रहमान घारिबले खेल बराबरी गरे । ५९ औँ मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै खेलमा पुनरागमन पुरा गरे ।
 
अल–नासर शीर्ष स्थानमा रहेको अल–इतिहादभन्दा ३ अङ्कले पछि रहेको छ । अब लिग उपाधि जित्नका लागि अल–इतिहासदले अङ्क गुमाउनुपर्ने हुन्छ । तर, यो हप्ताको मध्यमा अल फिहालाई पराजित गरे टोलीले उपाधि जित्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप