बागमती प्रदेश सांसद राजु विष्टले गरे आफ्नै तलबबाट ५ वर्षका लागि शिक्षक व्यवस्था
काठमाडौँ । बागमती प्रदेश सांसद राजु विष्टले आफ्नो तलब भत्ताबाट एक शिक्षकको तलब व्यवस्था गर्ने घोषणा गरेका छन् । विष्टले काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर ३ ढोक्सानमा रहेको श्री सिलादेवी आधारभूत विद्यालयमा एक जना शिक्षिकालाई प्रत्येक महिना आफ्नो तलबबाट मासिक तलब दिने घोषणा गरेका हुन् ।
उनले सो विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई पहिलो महिनाको तलब समेत हस्तान्तरण गरेका छन् ।
निर्वाचनका बेला मत माग्न घरदैलो गर्ने क्रममा सो स्थानमा पुग्दा शिक्षक अभाव भएको स्थानीयले समस्या राखेको सांसद विष्टले बताए । चुनावको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्न आफ्नै तलबबाट भएपनि शिक्षक व्यवस्था गर्छु भनेर आफ्नो कार्यकालभरि तलब उपलब्ध गराउने निर्णय लिएको उनले रातोपाटीलाई बताए । उ
नी गत मंसिरमा भएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि छोटो समय उनी प्रदेशको वन तथा वातावरण मन्त्री समेत बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण