सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार आरोपमा गोलढुङ्गाबाट युवक पक्राउ

बिहीबार, ११ जेठ २०८०, १० : ३३
बिहीबार, ११ जेठ २०८०

काठमाडौँ । काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा भन्ने आशिष थापा क्षेत्री छन् ।

आरोपीले २८ वर्षीया युवतीलाई ललितपुर स्थित निजको टहरामा गएर बलात्कार गरेको प्रहरी वृत सातदोवाटोले जनाएको छ । पीडित छोराछोरी सहित सुतिरहेको अवस्थामा आरोपीले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले जेठ ३ मा प्र्रहरी वृत सातदोवाटोमा जाहेरी दिएकी थिइन् ।

आरोपीलाई प्रहरी वृत बालाजुको समन्वयमा पक्राउ गरिएको प्रहरी वृत सातदोवाटोले जनाएको छ । आशिष थापाविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप