बलात्कार आरोपमा गोलढुङ्गाबाट युवक पक्राउ
बिहीबार, ११ जेठ २०८०, १० : ३३
काठमाडौँ । काठमाडौंको तार्केश्वर नगरपालिका–५ स्थित गोलढुंगाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ घर भएर गोलढुंगा बस्ने ३६ वर्षीय आशिष थापा भन्ने आशिष थापा क्षेत्री छन् ।
आरोपीले २८ वर्षीया युवतीलाई ललितपुर स्थित निजको टहरामा गएर बलात्कार गरेको प्रहरी वृत सातदोवाटोले जनाएको छ । पीडित छोराछोरी सहित सुतिरहेको अवस्थामा आरोपीले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडितले जेठ ३ मा प्र्रहरी वृत सातदोवाटोमा जाहेरी दिएकी थिइन् ।
आरोपीलाई प्रहरी वृत बालाजुको समन्वयमा पक्राउ गरिएको प्रहरी वृत सातदोवाटोले जनाएको छ । आशिष थापाविरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण