एसिया कपबारे बीसीसीआईका सचिव जय शाहले के भने ?
नयाँ दिल्ली । बीसीसीआईका सचिव जय शाहले आईपीएल फाइनलका क्रममा एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रतिनिधिको बैठकपछि एसिया कप आयोजना गर्ने देशबारे अन्तिम निर्णय गरिने बताएका छन् । शाहले भने, ‘एसिया कप आयोजना गर्ने बारे अन्तिम निर्णय भइसकेको छैन। हामी आईपीएलमा व्यस्त छौँ ।’
उनले थपे, ‘श्रीलंका क्रिकेट बोर्ड, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डका शीर्ष प्रतिनिधिहरू आईपीएलको फाइनल हेर्न आउँदैछन् । त्यति बेला एसिया कपको बारेमा छलफल गर्नेछौँ। र उपयुक्त समयमा अन्तिम निर्णय लिनेछौँ।’
यसपटक एसिया कप पाकिस्तानले आयोजना गरेको भएपनि अहिले भारतीय क्रिकेट टोलीलाई त्यहाँ जान गाह्रो छ । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले एसिया कपका लागि हाइब्रिड मोडल ल्याएका थिए, जसअन्तर्गत पाकिस्तानमा चार खेल हुने भनिएको थियो । यो योजना अहिले पाकिस्तानले स्थगित गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
एसीसी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले नजम सेठीको हाइब्रिड मोडलमा श्रीलङ्का, बंगलादेश, नेपाल र अफगानिस्तानका खेलहरू पाकिस्तानमा र भारतका खेलहरू अन्य कुनै ठाउँमा खेलाउने प्रस्ताव गरेको उल्लेख गरेको छ। तर, एसीसीले यो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन ।
–बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण