एसिया कपबारे बीसीसीआईका सचिव जय शाहले के भने ?

नयाँ दिल्ली । बीसीसीआईका सचिव जय शाहले आईपीएल फाइनलका क्रममा एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रतिनिधिको बैठकपछि एसिया कप आयोजना गर्ने देशबारे अन्तिम निर्णय गरिने बताएका छन् । शाहले भने, ‘एसिया कप आयोजना गर्ने बारे अन्तिम निर्णय भइसकेको छैन। हामी आईपीएलमा व्यस्त छौँ ।’
उनले थपे, ‘श्रीलंका क्रिकेट बोर्ड, बंगलादेश र अफगानिस्तान क्रिकेट बोर्डका शीर्ष प्रतिनिधिहरू आईपीएलको फाइनल हेर्न आउँदैछन् । त्यति बेला एसिया कपको बारेमा छलफल गर्नेछौँ। र उपयुक्त समयमा अन्तिम निर्णय लिनेछौँ।’
यसपटक एसिया कप पाकिस्तानले आयोजना गरेको भएपनि अहिले भारतीय क्रिकेट टोलीलाई त्यहाँ जान गाह्रो छ । पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले एसिया कपका लागि हाइब्रिड मोडल ल्याएका थिए, जसअन्तर्गत पाकिस्तानमा चार खेल हुने भनिएको थियो । यो योजना अहिले पाकिस्तानले स्थगित गरेको बीबीसीको समाचारमा उल्लेख छ ।
एसीसी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले नजम सेठीको हाइब्रिड मोडलमा श्रीलङ्का, बंगलादेश, नेपाल र अफगानिस्तानका खेलहरू पाकिस्तानमा र भारतका खेलहरू अन्य कुनै ठाउँमा खेलाउने प्रस्ताव गरेको उल्लेख गरेको छ। तर, एसीसीले यो प्रस्तावमाथि कुनै निर्णय गरेको छैन ।
–बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरिसमा नेपाल महोत्सव हुँदै, मुनाफा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने
-
टनकपुरबाट नेपालले पाउने भयो पानी
-
रास्वपाको मध्यपुर थिमि नगर समितिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु
-
प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक : सभापति थापा
-
गरिब बेरोजगारलाई राज्यले तलब किन नदिने ?