आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गौहत्या गर्नेलाई गाउँपालिकाले दिने सेवा सुविधा बन्द गर्ने निर्णय

शुक्रबार, १२ जेठ २०८०, २१ : ००
शुक्रबार, १२ जेठ २०८०

बाँके । पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा गौ (गाई) हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले कडा कदम उठाएको छ ।

राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने निर्णय गरिएको छ । आज बसेको नरैनापुर गाउँपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्ने निर्णय गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए । 

गौ हत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराइने उनको भनाइ छ । 

यस्तै गौहत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई १५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय भएको उनले बताए । 

गाउँपालिकाले गौ हत्या नियन्त्रण गर्न  सुरक्षाकर्मीहरूलाई अनुरोध समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप