आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने

शुक्रबार, १२ जेठ २०८०, १६ : ३४
शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा इन्टरनेट जडान गरिने भएको छ । भूकम्प प्रभावित ८ वटा जिल्ला र काठमाडौँ उपत्यकाबाहेक ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरिन लागेको हो । त्यसका लागि स्थानीय तहहरूसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । भूकम्पबाट अति प्रभावित ८ जिल्लाहरू (काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट,दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा) र काठमाडौं उपत्यमा भने यो सम्झौता कार्यान्वयन हुनेछैन ।

सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत जडान गर्न लागिएको हो । त्यसका लागि “ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तह मार्फत ब्रोडब्याण्ड इन्टरनेटको पहुँच पुऱ्याउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार जडान गरिने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

स्थानीय तहहरूले सार्वजनिक खरिद नियमावलीको अधिनमा रहेर मितव्ययी, पारदर्शी तथा प्रतिस्पर्धात्मक तरिकाले इन्टरनेट जडान गर्न पाउनेछन् । त्यसका लागि प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायक छनोट गरी तोकिएका सामुदायिक आधारभूत विद्यालयहरूमा सेवा जडान गर्नुपर्नेछ । इन्टरनेट जडानतका लागि स्थानीय तहमार्फत जडान खर्च र दुई वर्षसम्मको महशुल उपलब्ध गराएइनेछ ।

यदि सामूदायिक आधारभूत विद्यालयहरू आफैले सेवा प्रदायक छनोट गर्नुपरेमा स्थानीय तहसँग समझदारी गरी सार्वजनिक खरिद नियमावलीको अधिनमा रहेर सेवा प्रदायक छनोट गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउन अनुरोध गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप