कविता
ओ कवि जी
शनिबार, १३ जेठ २०८०, ०८ : ०७
कवि जी
तिमी कविताका हरफहरू त कोर्छौ
तर ती कविताहरूमा
कुनै वास्तविकता छैन भने
कविताको कुनै
रस छैन भने
फगत तिम्रा कविता
निर्जीव ढुङ्गा हुन्छ
जहाँ कुनै अनुभूति छैन ।
तिमीले गाएको गीतमा
जनताको मर्म छैन भने
त्यो गीतले
हाम्रो गाथा बचाउन सक्तैन यहाँ
किनकि, त्यो गीतमा
विदेशीकै गुलाम छ
त्यसैले तिमी अब गीत
गाउन छाडिदेऊ
जुन गीतले,
तिम्रो कर्म बुझ्दैन भने ।
भन्छन्, जहाँ पुग्दैन रवि
त्यहाँ पुग्दछन् कवि
आज कविको
परिभाषा फेरिएको छ
कविताका रसहरू हराएका छन्
कवितासँगै
कविले नजानिँदो ढङ्गले
वादका रूपलाई आश्रय
दिइरहेका छन् यहाँ
त्यसैले त ?
तिमी कविता लेख्न छाडिदेऊ
जहाँ कविताको,
न्याय गर्न सकिँदैन भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण