प्रेस युनियनको स्थापना दिवस मनाइँदै
काठमाडौँ । नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रमसहित ३२ औँ स्थापना दिवस आज मनाइरहेको छ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था युनियनको स्थापना २०४८ सालमा भएको थियो । स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा ‘प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठीको आयोजना गरिएको महासचिव दिलीप पौडेलले जानकारी दिए ।
“स्थापना दिवसका अवसरमा ‘अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका’ विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको छौँ”, महसचिव पौडेलले भने । युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण