लापसेमा कारबाही : हालसम्म १ सय २७ जना नियन्त्रणमा, एकै दिन १३ जना फेला परे
काठमाडौँ । काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ८ जना चालक सहित १३ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । B AC ३१ ०६ नम्बरको निजी स्कार्पियो चालक भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ७ का ३६ वर्षीय भव सागर पौडेल, स्कार्पियोमा सवार सोही स्थानका ३२ वर्षीय राजेश बाडे, २५ वर्षीय अनिश बाडे, ३९ वर्षीय दिल कृष्ण भटो, ३० वर्षीय राजमान नायजु र २२ वर्षीय सुमन मन्टसिरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी बा १८ च ६३ १७ नम्बरका कार चालक ललितपुरको महालक्ष्मी नगरपालिका ५ का ३० वर्षीय शैलेस के.सी., ग १ ख ६६ ४१ नम्बरका माइक्रो चालक धादिङको शिद्धलेख गाउँपालिका २ का २३ वर्षीय प्रदीप अर्याल, बा४ख १५ १८ नम्बरका माइक्रो चालक धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका ५ का ३१ वर्षीय दिपेन्द्र भण्डारी, प्रदेश ३ -०१- ०२५ च ६८ ८२ नम्बरका पिकअप चालक शिद्धलेख गाउँपालिका १ का २७ वर्षीय विजन शिलवाल, बागमती प्रदेश ०२-०३५ प ६४ ८६ नम्बरका मोटरसाइकल चालक बाग्लुङ घर भएका २५ वर्षीय उमेश घर्ती मगर, बा ८८ प ५३ १५ नम्बरका मोटरसाइकल चालक ललितपुर महानगरपालिका ९ का ३० वर्षीय निगेन व्यञ्जनकार र बा ४१ प ८७ ४१ नम्बरका मोटरसाइकल चालक शिद्धलेख गाउँपालिका ४ का २३ वर्षीय प्रशान्त कुमार पुरीलाई लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले हिजो शङ्कास्पद मध्ये २० ओटा सवारी साधन चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउदै गरेका ८ जना चालक र सवारी साधनमा सवार ५ जना यात्रु फेला पारेको थियो ।
सवारी साधनका चालकले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो । अभियान सुरू भएदेखि हालसम्म १ सय २७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइसकेको छ ।
(लापसे) लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने चालक मध्ये भाडाका सवारी साधनका चालकहरूको सङ्ख्या धेरै रहेकाले यात्रु बोक्ने जस्तो संवेदनशील सवारी चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण