शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्‍मा सम्बोधन

नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्री : दोषी नउम्किऊन् र निर्दोष नफसून् भनेर निर्देशन दिएको छु

‘राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढौँ’
शनिबार, १३ जेठ २०८०, १९ : ५३
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा दोषी नउम्किऊन् र निर्दोष नफसून् भनेर निर्देशन दिएको बताएका छन् । शनिafर प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारेमा निरन्तर गृह प्रशासन र प्रहरीलाई निर्देशन दिएको बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भने–‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले लगातार गृह प्रशासनलाई भनेको कुरा यति मात्रै हो यो पहिलादेखि चल्दै आएको विषय रहेछ, यो सरकारको मात्रै अनुसन्धान पनि हैन र यो सरकारको पालामा भएको पनि हैन । सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी काम गरेको पनि हैन । हिँड्दै जाँदा देखापर्‍यो । त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने सरकारको चुनौती थियो । यो प्रक्रियामा जो दोषी छन् तिनीहरू नछुटुन्, कोही पनि निर्दोष नपरून् भन्ने मान्यताका आधारमा गृह प्रशासन र प्रहरीलाई निर्देशन दिएको हुँ । अहिले पनि त्यो कायमै छ । अव त यो विषय अदालत पुगिसकेको हुनाले अब अदालतले जे फैसला गर्दा त्यो स्वीकार्य हुने कुरा हामी सबैले मानैकै कुरा हो ।’

उनले सरकारको ध्यान राजस्व चुहावट तथा सम्पत्ति शुद्धीकरणको विषयमा पनि रहेको र त्यसमा संसद्को पनि सहयोग आवश्यक रहेको बताए । उनले आफ्नो प्रधानमन्त्रीको यो तेस्रो कार्यकाल अन्तिम हुन सक्ने र आफू गम्भीर अग्निपरीक्षामा रहेको पनि बताए ।

राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढौँ

प्रधानमन्त्री प्रचण्डले देशका साझा समस्यामा सबै दल एकजुट भएर जानुपर्ने बताएका छन् । उनले भने–‘अहिले देशका अगाडि जे जस्ता समस्या र चुनौती छन्, त्यसका अगाडि समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ । म त के भन्न चाहन्छु भने, मैले प्रधानमन्त्री बनेपछि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कुरा होस, चाहे सभामुख र उपसभामुखको निर्वाचनको कुरा होस, त्यसमा पनि राजनीतिक दलहरूको बीचमा कहीँ न कहीँ  के गरी सन्तुलन होला भनेर बिचार गरेको थिए ।’

प्रधानमन्त्री  प्रचण्डले सबैलाई सन्तुलन गरेर प्रतिनिधि सभा एकपाखे हुन नजाओस् भन्ने कुरालाई बिचार गरेर सबैलाई एक ठाउँमा ल्याउन प्रयास गरेको बताए ।

उनले देशमा हाल विद्यमान भ्रष्टाचारको विषय सबै दल एकजुट भएर मात्र समाधान गर्न सकिने बताए । यस्तै अर्थतन्त्र सुधार गर्न र जनजीविकालाई सुधार गर्न सामूहिक रूपमा मात्र सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप