भारतसँग तल्लो अरुणको पीडीए गर्ने लगानी बोर्डको निर्णय
काठमाडौं । लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो ।
‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुणको पीडीए गर्ने विषयमा निर्णय भयो,’ बैठकमा सहभागी एकजनाले भने, ‘यो आयोजना बनाउन भारत समेत तयार रहेको अवस्थामा पीडीए हुन्छ।’
यसबाहेक, चिनियाँ कम्पनीको मातहतमा रहेको तमोर जलविद्युत आयोजनाको विषयमा समेत बैठकमा छलफल भएको उनको भनाइ छ । ‘हाल चिनियाँ कम्पनीले तमोर आयोजना बनाउने भन्ने विषय छ । तर, आयोजनाको काम अघि बढेको छैन,’ उनले भने, ‘आज सबै कागजात मगाएर त्यसलाई हेरियो । अर्को बैठकले आयोजनाबारे निर्णय गर्न सक्छ ।’
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते ४ दिने लामो भारत भ्रमणमा निस्कदै छन् । प्रधामन्त्री बनेपछि पहिलो विदेश यात्रामा निस्कन लागेका प्रचण्डले आफ्नो भ्रमणको मुख्य एजेन्डा जलविद्युतलाई बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण