भारतसँग तल्लो अरुणको पीडीए गर्ने लगानी बोर्डको निर्णय

काठमाडौं । लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो ।
‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा तल्लो अरुणको पीडीए गर्ने विषयमा निर्णय भयो,’ बैठकमा सहभागी एकजनाले भने, ‘यो आयोजना बनाउन भारत समेत तयार रहेको अवस्थामा पीडीए हुन्छ।’
यसबाहेक, चिनियाँ कम्पनीको मातहतमा रहेको तमोर जलविद्युत आयोजनाको विषयमा समेत बैठकमा छलफल भएको उनको भनाइ छ । ‘हाल चिनियाँ कम्पनीले तमोर आयोजना बनाउने भन्ने विषय छ । तर, आयोजनाको काम अघि बढेको छैन,’ उनले भने, ‘आज सबै कागजात मगाएर त्यसलाई हेरियो । अर्को बैठकले आयोजनाबारे निर्णय गर्न सक्छ ।’
प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते ४ दिने लामो भारत भ्रमणमा निस्कदै छन् । प्रधामन्त्री बनेपछि पहिलो विदेश यात्रामा निस्कन लागेका प्रचण्डले आफ्नो भ्रमणको मुख्य एजेन्डा जलविद्युतलाई बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग