बागमती प्रदेश : मन्त्रिपरिषदबाट नीति तथा कार्यक्रम पारित, प्रदेश प्रमुखले प्रदेशसभामा सम्बोधन गर्ने
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
मन्त्रिपरिषद बैठकले प्रहरी चौकी रत्ननगर, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा महिला व्यारेक भवन, प्रहरी चौकी खाङसाङ फिक्कल (सिन्धुली), जिल्ला ट्राफिक कार्यालय रामेछाप र इलाका प्रहरी कार्यालय मकवानपुरगढीको भवन निर्माणका लागि खर्चको अख्तियारी दिने निर्णयसमेत गरेको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद बैठकले स्थानीय विपद् कोषमा १ करोड रुपैया जम्मा गर्ने निर्णय गरेको छ । जसअनुसार गौरीशंकर गाउँपालिका दोलखा, गोकुलगंगा गाउँपालिका रामेछाप, बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, म्यागङ गाउँपालिका नुवाकोट, नौकुण्ड गाउँपालिका रसुवा, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ, बेथानचोक गाउँपालिका काभ्रेपलान्चोक, राक्सिराङ गाउँपालिका मकवानपुर, मरिण गाउँपालिका सिन्धुली र इच्छाकामना गाउँपालिका चितवनलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण