आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
लगानी बोर्ड बैठक

प्रधानमन्त्रीको भारत भ्रमणको पूर्वसन्ध्यामा तमोर आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र

आइतबार, १४ जेठ २०८०, १९ : ५०
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । सरकारले चिनियाँ लगानीमा बन्ने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र काट्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी चाइना पावरलाई यसबारे पत्राचार गर्ने निर्णय गरेको हो ।  परियोजना अघि बढाउने सम्बन्धमा प्रस्तावक चाइना पावरसँग १९ जनवरी, २०२० मै समझदारी भएको थियो । तर, हालसम्म पनि समझदारी पालना नभएको निष्कर्ष निकाल्दै बोर्डले कम्पनीलाई पत्राचार नगर्ने निर्णय गरेको बोर्डका सहसचिव एवम् प्रवक्ता अमृत लम्सालले जानकारी दिए । 

‘बैठकले ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त जलविद्युत परियोजना अघि बढाृने सम्बन्धमा प्रस्तावकसँग १९ जनवरी २०२० मा भएको समझदारीपत्रको पालना सम्बन्धमा पत्राचार गर्ने निर्णय गरको छ’, प्रवक्ता लम्सालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  बैठकले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि भारतीय कम्पनीसँग पीडीए गर्नका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा यसबारे सम्झौता हुनेछ । लगानी बोर्डका अनुसार परियोजनाका लागि ९२.६८ अर्ब बराबारको लगानी स्वीकृत गरिसकेको छ ।

lagani-board-patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप