नीति तथा कार्यक्रम : सत्तापक्षको बचाउ, कार्यान्वयनमा प्रतिपक्षको शंका
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सार्वजनिक भएको हो ।
उक्त नीति तथा कार्यक्रममाथि सत्तापक्षका सांसदहरुले बचाउ गरेका छन् भने प्रतिपक्षका सांसदहरुले महत्वकांक्षी योजना भएकाले कार्यान्वयनमा शंका व्यक्त गरेका छन् ।
प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल एमाले बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन पौडेलले भने, ‘प्रदेश सरकारको नीति तथा कार्यक्रम अत्यन्त महत्त्वकाक्षी देखिएको छ । यो कार्यान्वयन हुन्छ भन्ने लाग्दैन । कार्यान्वयनमा शंका छ ।’ उनले वर्तमान परिस्थितिमा सम्भावना भन्दा पनि बढी प्रचार शैलीको नीति कार्यक्रम आएको जिकिर गरे ।
‘देशको वर्तमान आर्थिक अवस्था निकै कमजोर छ । कर उठ्न सकेको छैन । कर्मचारीहरुले केही महिनादेखि तलब पाउने हुन् कि होइनन् भन्ने अवस्था छ । यस्ता धेरै समस्यालाई सम्बोधन गर्ने जस्तो नीति तथा कार्यक्रम सरकारले सम्बोधन गर्न सकेको छैन,’ उनले अगाडि भने ।
त्यस्तै, प्रतिपक्ष दल नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले सरकारको नीति तथा कार्यक्रम तथ्य र आधारहीन भएको बताए । उनले सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रक्रियालाई गाईजात्राको संज्ञा दिँदै आलोचना गरे । सरकारले गैरजम्मेवारपन देखाएर प्रदेश प्रमुखलाई रित्तो फाइल हस्तान्तरण गरेको आरोप लगाए ।
‘सरकारको नीति तथा कार्यक्रममा नविनता र जोशिलो त छैन नै, सरकार विधि र प्रक्रियामा समेत गैरजिम्मेवार बनेको देखिन्छ,’ उनले भने ।
नेता गोसाईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कर्मकाण्डी दस्ताबेज भएको बताए । उनले सत्तापक्ष दलहरुबीच नै समस्या हुँदा नीति तथा कार्यक्रममा नागरिकका मुद्दाहरु छुटेको बताए ।
यता सत्ता साझेदार दल नेपाली काँग्रेस बागमती प्रदेशका सचेतक कुन्दनराज काफ्लेले सरकारको नीति तथा कार्यक्रम समय सापेक्ष रहेको बताए । सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा कुनै शंका नरहेको उनको भनाई छ ।
‘नीति तथा कार्यक्रममा धेरै क्षेत्रलाई समेटेको छ । यसमा निकै महत्त्वपूर्ण र प्रभावकारी योजनाहरु पनि समेटिएका छन् । जसले जनचाहना र अपेक्षालाई समेटेको छ । नीति तथा कार्यक्रम कार्यान्वयनमा कुनै समस्या हुँदैन । कार्यान्वयन हुन्छ,’ उनले भने,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
-
‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: युवतीसहित थप तीन जना पक्राउ
-
पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण