पाठेघरकाे क्यान्सरविरुद्धको एचपीभी खोप विस्तार गरिने
सोमबार, १५ जेठ २०८०, १८ : १६

काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ९ देखि १५ वर्षसम्मका बालिकालाई एचपीभी खोप दिने बताए ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले स्तन क्यान्सरको निःशुल्क परामर्श र उपचार सेवा विस्तार गरिने बताए । सबै संघीय अस्पतालमा बाझोपन निःसन्तानको उपचार सेवा विस्तार गरिने बताए ।