कांग्रेस रूपान्तरण अभियानकाे बागमती प्रदेशस्तरीय भेला काठमाडौंमा सम्पन्न
काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण पक्षधहरुकाे बागमती प्रदेशस्तरीय भेला काठमाण्डौंमा सम्पन्न भएको छ । मंगलबार काठमाडौँको बत्तिसपुतलीमा कांग्रेस संस्थापन इतर पक्षीय नेताको सहयोगितामा कांग्रेस रूपान्तरण बागमती प्रदेशस्तरीय भेला सम्पन्न भएको हो ।
भेलामा अभियानका प्रदेश संयोजक एवं केन्द्रीय सदस्य मधु आचार्यले पार्टी विधान अनुसार नचलेको भन्दै विशेष महाधिवेशनमा जानुको विकल्प नभएको बताए ।
उनले भने,'पार्टीको विधानमा व्यवस्था भएअनुसार केन्द्रीय कार्यसमितिको बैठक बोलाइँदैन, महासमितिको बैठक राखिँदैन वा महाधिवेशन सकिएको ६ महिनाभित्र हुने भनिएको नीति अधिवेशन आयोजन गरिँदैन भने पार्टी बचाउनका खातिर विशेष महाधिवेशनमा जानु बाहेक अर्को विकल्प छैन ।'
आफ्नै पार्टीभित्र सबै सदस्यलाई न्यायको प्रत्याभूत दिन, देश जनता र लोकतन्त्रका चुनौतीहरूको सामना गर्न तथा मुलुकको आर्थिक सामाजिक रूपान्तरणका लागि सर्वप्रथम कांग्रेसभित्र नै रूपान्तरण आवश्यक भएको उनले बताए।
यस्तै नुवाकोटका पूर्व सभापति जगदीश्वर नरसिंह केसीले परम्परागत गुटको अन्त्य गर्दै पार्टीलाई नयाँ जीवन दिन सबै नेता कार्यकर्तासँग हातेमालो गरिने बताए।
कार्यक्रममा नेताहरु गुरुराज घिमिरे, रंजित कर्ण र देवराज चालिसेले देश र जनताको विकास एवं समृद्धिका लागि पनि कांग्रेसभित्र सामान्य औषधिमूलो वा उपचारले काम नगर्ने तथा गतिलै शल्यक्रिया अत्यावश्यक भएको औँल्याएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण