बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौँलाई बढी अनुदान
मकवानपुर । बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौंले सबैभन्दा बढी अनुदान पाएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बागमती प्रदेशका १३ जिल्लाका ११३ स्थानीय तहका लागि समानीकरण, सशर्त, विशेष र समपूरक शीर्षकमा अनुदान वित्तीय हस्तान्तरण गरेको हो ।
जसमा काठमाडौँले सबैभन्दा बढी अनुदान पाएको छ भने सबैभन्दा कम रसुवाले पाएको छ ।
प्रदेशका १३ जिल्ला मध्ये काठमाडौँले ७ अर्ब १४ लाख रुपैयाँ अनुदान वित्तीय हस्तान्तरण पाएका हो भने रसुवाले एक अर्ब १६ करोड ५४ लाख रुपैयाँ अनुदान पाएको छ ।
यस्तो छ बागमतीको जिल्लागत वित्तीय हस्तान्तरण
काठमाडौँ–७ अर्ब १४ लाख रुपैयाँ
काभ्रे–५ अर्ब १३ करोड २२ लाख रुपैयाँ
धादिङ–४ अर्ब ७६ करोड ९ लाख रुपैयाँ
सिन्धुपाल्चोक–४ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ
चितवन–४ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ
मकवानपुर–४ अर्ब २९ करोड ५८ लाख रुपैयाँ
सिन्धुली–३ अर्ब ९९ करोड ३७ लाख रुपैयाँ
नुवाकोट–३ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ
दोलखा–३ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ
रामेछाप–३ अर्ब २५ करोड ३१ लाख रुपैयाँ
ललितपुर–३ अर्ब ७ करोड ८८ लाख रुपैयाँ
भक्तपुर–२ अर्ब २९ करोड २५ लाख रुपैयाँ
रसुवा–१ अर्ब १६ करोड ५४ लाख रुपैयाँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण