गौतमबुद्ध विमानस्थलका लागि भारतले दियो उपकरणमा आधारित अवतरण प्रणालीको अनुमति
नयाँ दिल्ली । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्ने गरी भारतले अनुमति दिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भारतीय पक्षको आईएलएस स्वीकृति दिने गरी समझदारी बनेको हो ।
बिहीबार प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल–भारतबीच ८ वटा महत्त्वपूर्ण प्रोजेक्टका लागि सम्झौता भएको छ । सोही पत्रकार सम्मेलन लगत्तै सञ्चार माध्यमसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भैरहवास्थित गौतमबुद्ध विमानस्थलका लागि आईएलएस अवतरणको सुविधा समेत खुल्ला गर्ने गरी दुई देशबीच समझदारी भएको जानकारी दिए ।
योसँगै अब जुनसुकै मौसम वा अवस्थामा पनि उपकरणमा आधारित (आईएलएस) विमानहरू अवतरण हुन सक्ने भएका छन् । यसअघि आईएलएस सुविधा नहुँदा खराब मौसममा गौतमबुद्ध विमानस्थलमा सहज रूपमा विमानहरू अवतरण गर्न पाएका थिएनन् ।
अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरूले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । आईएलएस उपकरणमा आधारित ल्यान्डिङ प्रणालीमा कम भिजिबिलिटीमा पनि जहाज सजिलै अवतरण गर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण