ढाका टोपीमा सजिएर मुख्यमन्त्री चौहानले भने, ‘नेपाल र भारतको शरीर अलग भए पनि संस्कृति र संस्कार एक’
काठमाडौँ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले नेपाल र भारत अत्यन्त प्राचिन र महान् राष्ट्र भएको बताउँदै दुई राष्ट्र शरीर फरक भए पनि संस्कृति, संस्कार र सभ्यता एक भएको बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इन्दौरमा स्वागत गर्दै सिंहले भने, ‘यही भावले अहिल्याको पवित्र नगरमा, इन्दौरमा, मध्यप्रदेशमा नेपालका माननीय प्रधानमन्त्री प्रचण्डलाई मध्यप्रदेशको गौरवशाली परम्परा अनुरूप हृदयदेखि स्वागत गरेका छौँ । दुई देशको सम्बन्ध अझै प्रगाढ बनोस् । सहयोग अझै बढोस् । उनको यो यात्राले यस दिशामा ठोस कदम अगाडि बढ्नेछ ।’
‘ तपाईं बाबा महाकालको दर्शन गरी नेपालका जनताको कल्याण र विकासको लागि आशीर्वाद लिनुहोस् र म बाबा पशुपतिनाथसँग प्रार्थना गर्दछु कि दुवै राष्ट्र सधैँ विकास, कल्याण र आपसी सद्भावको मार्गमा अगाडि बढोस्,’ उनले भने । मुख्यमन्त्री चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको पनि आयोजना गरेको जानकारी दिए ।
नेपाल के प्रधानमंत्री आदरणीय श्री पुष्प कमल दहल 'प्रचंड' जी का देवी अहिल्या की पवित्र नगरी और भारत के सबसे स्वच्छ शहर इंदौर में हृदय से स्वागत एवं अभिनंदन है।
— Chief Minister, MP (@CMMadhyaPradesh) June 2, 2023
नेपाल और भारत प्राचीन राष्ट्र हैं, हमारा समृद्ध इतिहास रहा है। कई बार लगता है कि शरीर दो हैं लेकिन संस्कृति, सभ्यता और… pic.twitter.com/aTOiOZ0LTB
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण