आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

इलिप्स स्कुलमा छात्राको मृत्युपछि नयाँबजार क्षेत्रमा प्रदर्शन

शुक्रबार, १९ जेठ २०८०, १८ : १९
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)मा अध्ययनरत छात्राको मृत्युपछि सो क्षेत्रमा प्रदर्शन भइरहेको छ । दुई दिनअघि स्कुलको छात्रवासमा धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ मृत भेटिएका थिए ।

अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।

५ कक्षामा अध्ययनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै आफन्तले ढुंगामुढा गर्दै प्रदर्शन गरिरहेका छन् । आफन्त पुग्नुअघि नै शव अस्पताल लगेको भन्दै आफन्तहरु आक्रोशित भएका हुन् ।

शुक्रवार पीडित परिवार र प्रहरीको बीचमा शव पोष्टमार्टम गर्ने सहमती भएको एसपी रिजालले बताए । उनले भने,‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप