प्रचण्डको तस्बिर सेयर गर्दै बाबुरामको प्रश्न–हामी कता जाँदै छौँ ?
शनिबार, २० जेठ २०८०, ०७ : ५६
काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ । कतिपयले यो विषयको आलोचना गरेका छन् भने केहीले उनको बचाउ पनि गरेका छन् ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रचण्डको यो कदमको आलोचना गरेका छन् । उनले प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै 'हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?' भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार महाकालेश्वर मन्दिरमा बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण