प्रचण्डको तस्बिर सेयर गर्दै बाबुरामको प्रश्न–हामी कता जाँदै छौँ ?
शनिबार, २० जेठ २०८०, ०७ : ५६

काठमाडौँ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्दौर स्थित महाकालेश्वर मन्दिरमा पूजापाठ गरेपछि चर्चाको विषय बनेको छ । कतिपयले यो विषयको आलोचना गरेका छन् भने केहीले उनको बचाउ पनि गरेका छन् ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रचण्डको यो कदमको आलोचना गरेका छन् । उनले प्रचण्डले पूजा गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै 'हामी कता जाँदै छौँ, देश कता जाँदै छ ?' भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार महाकालेश्वर मन्दिरमा बिरामी पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्दै विशेष पूजा गर्नुको साथै रुद्राक्ष र नगद दान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद