विज्ञानमा पनि रूपान्तरण हुनु जरुरी छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि उत्पादनका लागि रासायनिक मलको प्रयोग गरे पनि अहिले त्यही नै मानवको स्वास्थ्यका लागि खराबी हुन थालेको बताएका छन् । यो कुराले विज्ञानलाई पनि बेलाबेलामा परिवर्तन गरिरहनु पर्ने रहेछ भन्ने पुष्टि भएको बताउँदै अध्यक्ष ओलीले उत्पादन वृद्धि गर्नका लागि विज्ञानले रासायनिक मल ल्याए पनि अहिले त्यही नै मानवको लागि हितकर नभएपछि विज्ञानले अरू विकल्प खोल्न थालेको जिकिर गरेका हुन् । उनले विज्ञान पनि रूपान्तरण हुनुपर्नेमा जोड दिए ।
एमालेको विज्ञान तथा प्रविधि विभागको कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष ओलीले प्रकृतिमा रहेका यथार्थ नियम नै विज्ञान रहेको बताए । ‘विज्ञानले आफै उत्पादनका निम्ति केही गर्दैन । त्यसलाई प्रविधिमा रूपान्तरण गरेपछि मात्र गति र समार्थ्य वृद्धि हुन्छ,’ उनले विज्ञानका नियम अनुसार प्रविधिको विकास भएको बताए ।
‘हामी जब साइन्सको कुरा गर्छौ त्यो साइन्टीफिक हुन्छ । टक्नोलोजी बनाएर हामीले विज्ञानको प्रयोग गर्छौँ,’ उनले भने, ‘विज्ञान आफै कम्प्युटर हुँदैन, कम्प्युटरमा विज्ञानलाई रूपान्तरण गरेको हुन्छ, साइन्सलाई रूपान्तरणमा लानका लागि इनोभेसन चाहियो ।’
१७–१८ प्रतिशत जनता अझै गरिबीको रेखामुनि रहेको बताउँदै उनले ती जनताले विकासको बारेमा सोच्न नसक्ने र आफ्नो पेटको बारेमा मात्र सोच्ने हुँदा देश गरिबीबाट मुक्त गर्न एकदमै जरुरी रहेको बताए । विकास गर्नका लागि गरिबी अन्त्य गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले लक्ष्य फरक भए पनि विज्ञान सबैका लागि एउटै भएको तर त्यसलाई सबैले एक नाशले प्रयोग नगरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण