हेटौँडामा भयो ‘नम्बरी सुन’को प्रिमियर
काठमाडौँ । अगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो ‘नम्बरी सुन’ । फिल्मको शनिबार हेटौँडामा प्रिमियर गरिएको छ । ओम्याक्स हलमा गरिएको प्रिमियरमा फिल्मका केही कलाकार र स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति थियो ।
फिल्मका प्रस्तुतकर्ता नारायण खातीको जन्मथलो हेटौडा भएकोले फिल्मको पहिलो प्रदर्शन पनि हेटौडामै गरिएको छ । प्रिमियरमा फिल्मलाई दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।
सुनको इतिहास र सुन बनाउने सुनारको पुरानो चलनलाई फिल्ममा देखाइएको छ । निर्देशक राजु गिरीले फिल्म मार्फत सुन बनाउने सुनारलाई वर्षौं पहिले गाउँका काजीहरूले हेर्ने दृष्टिकोणलाई प्रस्तुत गरिएको बताए ।
चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको प्रिमियरमा मकवानपुर सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष पवन शाक्य, कलाकार सुशान्त कुमार श्रेष्ठलगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए ।
फिल्ममा गौरव र किरणका साथै नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गीलगायको पनि अभिनय छ ।
फिल्मको निर्मातामा सरोज खाती, सविन खाती र मनोज रिजाल छन् । फिल्ममा रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्वन्द्व निर्देशन र गौतमराज खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण