नेपालबाट ऊर्जाको दीर्घकालीन व्यापारका लागि भारत भ्रमण महत्त्वपूर्ण रह्यो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारत तथा बैगलादेशमा ऊर्जाको व्यापारका लागि आफ्नो ४ दिने भारत भ्रमण महत्वपूर्ण रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री नरेद्र मोदीसँग हैदरवाद हाउसमा भएको भेटवार्ता महत्वपूर्ण भएको बताए । सो भेटमा व्यापार, पारवाहन, लगानी प्रवद्र्धन, उर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, बाढी तथा डुवान नियन्त्रण, कृषि, सीमा वारपार, रेल्वे सेवा सञ्चालन कार्य, पुलहरुको निर्माण तथा एकीकृत जाँच चौकी तथा सुख्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अगाडि बढाउने विषयमा सकारात्मक अर्थपूर्ण छलफल भएको बताए ।
प्रधानमन्त्रीले भने– ‘नेपालले अर्को हवाई मार्ग र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि इन्स्टुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने सम्बन्धमा भारतीय पक्षका बारेमा सकारात्मक कुरा भए । नेपालगञ्ज र भैरहवाबाट नयाँ दिल्ली लगायत अन्य शहरमा दुईतर्फी उडान गर्ने सन्दर्भमा सकारात्मक छलफल भई नतिजाको नजिक पुगेको छ ।
जलविद्युतको क्षेत्रमा सहकार्य गर्ने सन्र्दभमा समेत बलियो सहमति निर्माण भएको छ । विभिन्न जलविद्युत आयोजनामा लगानी भित्र्याउने, जलविद्युत आयोजनाका लागि ट्रान्समिसन लाइन निर्माण गर्ने तथा नेपालबाट उmर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार निश्चित गर्ने विषयमा भ्रमणमा महत्वपूर्ण सहमति भएको छ ।’
दीर्घकालीन उर्जा व्यापार, भारतीय भूमि हुँदै बंगलादेशसम्म उर्जा व्यापार, जलविद्युत निर्यातको सुरुवात गर्ने सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण