प्रधानमन्त्री बोल्दाबोल्दै सूर्य थापाले विरोध गरेपछि....
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए । त्यसैक्रममा सांसद सूर्य थापाले उठेर बाेल्न थाले । उनले भने, 'संविधानको १११ को ९ को १० पछिको तर पछिको व्यवस्था पढेर सुनाउन चाहन्छु । त्यसले नयाँ संसद् आएपछि पहिलाका विचाराधीन विषय निष्क्रिय हुने व्यवस्था गरेको छ यसमा प्रधानमन्त्रीले हाकाहाकी झुट बोलिरहनुभएको छ । संविधान विपरीत भयो खेद प्रकट गर्छु ।'
त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ दिइरहँदा नियमापत्ति भए प्रक्रियामा जान आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफलाई निरन्तरता दिएका थिए । त्यसपछि पुन प्रतिपक्ष र सत्तापक्षका सांसदले होहल्ला गरेपछि केहीवेर प्रधानमन्त्रीले जवाफ दिने क्रम रोकिएको छ ।
त्यसपछि फेरि एमालेका अर्का सांसद रघुजी पन्तले नागरिकता विधेयकबारे कस्तो अवस्थामा विधेयक निश्किृय हुने र प्रमाणीकरणबारे संविधानको व्यवस्थाबारे सदनलाई जानकारी गराएका थिए ।
उनले भने,‘अहिलेको विधेयकमा यो अनुसार छ ? यसलाई हिजोको अदालतको आदेशले पनि पुष्टि गरिसक्यो , त्यसैले यहाँ तपाईँले बहस गर्ने होइन । चुप लागेर बस्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण