सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

प्रधानमन्त्री बोल्दाबोल्दै सूर्य थापाले विरोध गरेपछि....

सोमबार, २२ जेठ २०८०, १४ : ५०
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले आपत्ति जनाएका छन् । 

सोमबार प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिइरहेका थिए । त्यसैक्रममा सांसद सूर्य थापाले उठेर बाेल्न थाले । उनले भने, 'संविधानको १११ को ९ को १० पछिको तर पछिको व्यवस्था पढेर सुनाउन चाहन्छु । त्यसले नयाँ संसद् आएपछि पहिलाका विचाराधीन विषय निष्क्रिय हुने व्यवस्था गरेको छ यसमा प्रधानमन्त्रीले हाकाहाकी झुट बोलिरहनुभएको छ । संविधान विपरीत भयो खेद प्रकट गर्छु ।'

त्यसपछि सभामुख देवराज घिमिरेले जवाफ दिइरहँदा नियमापत्ति भए प्रक्रियामा जान आग्रह गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले आफ्नो जवाफलाई निरन्तरता दिएका थिए । त्यसपछि पुन प्रतिपक्ष र सत्तापक्षका सांसदले होहल्ला गरेपछि केहीवेर प्रधानमन्त्रीले जवाफ दिने क्रम रोकिएको छ ।

त्यसपछि फेरि एमालेका अर्का सांसद रघुजी पन्तले नागरिकता विधेयकबारे कस्तो अवस्थामा विधेयक निश्किृय हुने र प्रमाणीकरणबारे संविधानको व्यवस्थाबारे सदनलाई जानकारी गराएका थिए । 

उनले भने,‘अहिलेको विधेयकमा यो अनुसार छ ? यसलाई हिजोको अदालतको आदेशले पनि पुष्टि गरिसक्यो , त्यसैले यहाँ तपाईँले बहस गर्ने होइन । चुप लागेर बस्नुस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप